नियम १५७
सार्वजनिक निजि साझेदारीबाट कार्य गराउने व्यवस्था
यस नियमावली बमोजिम
खरिद लगायत स्थानीय निकायको आन्तरिक आय संकलन सम्बन्धी देहाय बमोजिमका
कार्यहरु यस नियमावलीमा तोकिएको व्यवस्था अनुसार प्रचलित कानूनको अधीनमा
रही सार्वजनिक निजि साझेदारीमा समेत गराउन सकिने छ ः–
(क) फोहोरमैला सड्ढलन, सोको व्यवस्थापन तथा अन्य सदुपयोग,
(ख) पिउने पानीको पूर्वाधारको विकास, पानीको आपूर्ति तथा वितरण,
(ग) सिंचाई,
(घ) भौतिक पूर्वाधार निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार,
(ङ) स्वास्थ्य सेवा, विद्यालय, सामुदायिक भवन, सभागृह, पुस्तकालय,
खेलकुद, सुविधाहरुको स्थापना, व्यवस्था तथा निरन्तरता,
(च) बजार पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालन, सार्वजनिक
शौचालय, ढल निकास, बसपार्क व्यवस्थापन, स्नानगृह, पार्कि· सुविधा,
बधशाला, शवदाह स्थान इत्यादिको व्यवस्थापन, सञ्चालन तथा
निरन्तरता,
(छ) विद्युत उत्पादन, व्यवस्थापन तथा वितरण र उत्पादित विद्युतको थोक
खरिद तथा वितरण,
(ज) दमकल, एम्वुलेन्स लगायत सार्वजनिक सुविधाहरुको व्यवस्थापन,
सञ्चालन तथा निरन्तरता,
(झ) पर्यटकीय क्षेत्रहरुको निर्माण, व्यवस्थापन, सञ्चालन तथा निरन्तरता,
(ञ) पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्वका क्षेत्रहरुको संरक्षण,
सम्बर्धन, विकास र व्यवस्थापन,
(ट) भैरहेको वा पछि स्थापना हुने पूर्वाधारहरु तथा अन्य सेवाहरुका
सम्बन्धमा सेवा शुल्क, दस्तुर तथा कर उठाउने कार्यको व्यवस्थापन,
(ठ) औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रहरुको निर्माण, व्यवस्थापन,
सञ्चालन तथा निरन्तरता,
(ड) स्थानीय रुपमा रोजगारीको सिर्जना हुने र न्यून आय भएका वर्गहरुलाई
फाइदा पुग्ने अन्य कार्यहरु,
(ढ) स्थानीय निकायले उपयुक्त ठह¥याएका अन्य कुनै कार्यहरु ।